प्रधानमन्त्री केपी शर्मा ओली राति एकाएक अस्वस्थ, नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याईयो

0
88
kp-oli-health-problem

काठमाडौँ- भेरी-बबई डाइभर्सन बहुउद्देशीय आयोजना उद्घाटनका लागि सुर्खेत पुगेर मंगलबार बाँकेमा बास बसेका प्रधानमन्त्री केपी शर्मा ओली राति एकाएक अस्वस्थ भएपछि बुधबार सबेरै नेपाली सेनाको हेलिकोप्टरमार्फत राजधानी फर्किएका छन्।

आयोजनाको सुरुङ्गको ‘ब्रेक थ्रु’ गरेपछि प्रधानमन्त्री ओली नेपालगञ्जमा विस्तार गरिएको सोल्टी होटलको उद्घाटन गरेर त्यहीँ बेसका थिए।

स्रोतका अनुसार बुधबार श्री एयरको जहाजमा आरामले राजधानी आउने योजना बनाएका प्रधानमन्त्री ओलीको राति पेट दु:खेपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत राजधानी आएका हुन्।

भेरी–बबई डाइभर्सन बहुउद्देशीय आयोजना उदघाटन गर्न सुर्खेत पुगेका ओलीलाई पेटमा समस्या देखिएपछि रातारात काठमाडौं ल्याइएको प्रधानमन्त्री निवास बालुवाटार स्रोतले जनाएको छ । ओलीलाई मंगलबार राति पेट दुःखेको थियो ।

चिकित्सककै निगरानीमा सुर्खेत पुगेका प्रधानमन्त्री ओलीलाई राजधानी ल्याएपछि अस्पताल भर्ना गर्ने योजना बनाइएपनि केही आराम महशुस गरेका कारण घरमै औषधिहरु चलाइएको स्रोतले बतायो।

केही समय अघि रुघाखोकी, सुगरको मात्र घडबढको समस्या पटकपटक झेल्दै आएका प्रधानमन्त्री ओलीमा पेट दुख्ने समस्या थपिएको हो।

सार्वजनिक कार्यक्रममा सामेल हुँदा प्रधानमन्त्री ओलीले खानपान तथा धूलौधूँवालाई लिएर सर्तकता अपनाए पनि खासगरी बाहिर गएर आएपछि उनले अस्वस्थ महशुस गर्दै आएका छन्।

प्रधानमन्त्री ओली अघिल्लो वर्ष कार्तिकमा बिरामी परेको तीन सातापछि मात्रै सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्न निस्किएका थिए।

दोस्रो पटक प्रधानमन्त्री भएपछि उनी दुई पटक महाराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुलर थेरासिक एवं ट्रान्सप्लान्ट सेन्टरमा भर्ना समेत भएका छन्।

करिव १२ वर्ष अघि भारतमा पुगेर मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीलाई दौढदूप र धपेडी गर्दा ससानो संक्रमण समेत हुने संभावना रहेकाले चित्सिकले त्यसबाट बच्न बारम्बार सुझाव दिँदै आएका छन्।

तर प्रधानमन्त्री ओलीले कामको चाप र जिम्मेवारीले गर्दा आफु धेरैबेर आराम गर्न नसक्ने गुनासो चिकित्सकलाई गर्दै आएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here