नेपाल टस जितेर कुवेतविरुद्ध फिल्डिङ गर्दैछ (आईसीसी यू–१९) – हार्दिक शुभकामना नेपाल टीम

0
192
nepal-kuwait-cricket

कठमाडौं । आईसीसी यू–१९ एकदिवसीय विश्वकप छनोटको अन्तिम खेलमा नेपाल कुवेतविरुद्ध फिल्डिङ गर्दैछ । क्वालालम्पुरस्थित किन्नारा एकेडेमी ओभलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि कुवेत ब्याटिङ गर्दैछ ।

नेपाल लगतार चौथो जितको लक्ष्यमा छ । यसअघिका तीन खेलमा जित निकालेको नेपालले एकदिवसीय विश्वकप छनोटका लागि कुवेतविरुद्ध जित मात्र होइन यूएईको नतिजामा समेत भर पर्नुपर्नेछ । यस्तै अर्को खेलमा यूएई र ओमानबीच प्रतिस्पर्धा भइरहेको छ ।

ओमानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ ।

यूएई ओमानसँग पराजित भएको खण्डमा मात्र नेपाल दक्षिण अफ्रिकामा हुने एकदिवसीय विश्वकपका लागि छनोट हुनेछ ।

नेपालले पहिलो सिगांपुरविरुद्ध २ सय १७ रनको फराकिलो जित निकाल्दा दोस्रो खेलमा यूएईसँग डीएल मेथडमा १ रनको हार बेहोरेको थियो । त्यहि हार नेपालका लागि महंगो सावित हुने अवस्थामा पुगेको छ । भारी वर्षा भएपछि यूएई डीएल मेथडमा १ रनले विजय भएको थियो ।

त्यसपछि बाँकी दुई खेलमा नेपालले ओमानविरुद्ध १ सय ५० र मलेशियाविरुद्ध ८ विकेटको जित निकालेको थियो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here