पेट्रोल छर्केर २ वटा ट्रकमा विप्लवका कार्यकर्ता द्धारा आगजनी

0
162
truck-burned

विप्लवका कार्यकर्ताहरूले मकवानपुरमा गरे काण्ड, पेट्रोल छर्किएर दुईवटा गाडीमा गरे आगजनी हेटौँडा, ५ वैशाख । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मकवानपुरका दुई ठाउँमा दुईवटा गाडीमा आगजनी गरेका छन् ।

हेटौंडाबाट तरकारी लोड गरेर पालुङतर्फ जाँदै गरेको ना ४ ख ७९६० नम्बरको मिनी ट्रकलाई रोकेर पाँचजनाको समूहले पेट्रोल छर्किएर आगजनी गरेको प्रहरीले जनाएको छ । मकवानपुरको थाहानगरपालिका वडा नम्बर ४ सिमभन्ज्याङमा पालुङबाट हेटौँडातर्फ आउँदै गरेको ना २ ख ९०९४ नम्बरको कुखुरा बोक्ने बोलेरो गाडीमा पनि पेट्रोल छर्किएर आगजनी गरेको उनले बताए ।तीन जनाको समूहले आगजनी गरेर फरार भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट दुई वटै गाडी पूर्ण रुपमा क्षति भएको छ । त्यस्तै पाल्पामा पनि बम बिस्फोट गराएका छन् । रुपन्देही । विप्लव नेतृत्वको नेकपाले आयोजना गरेको नेपाल बन्दको प्रभाव रुपन्देहीमा देखिएको छ ।

बिहीबार बिहान ३ बजेतिर रुपन्देहीका ३ ठाउँमा बिस्फोट भएको जनाइएको छ ।जिल्लाको सैनामैनामा ठूलो आवाजसहित बम बिस्फोट भयो, तेस्तै देवदहको धकधैइमा पनि बिहान ४ ३० बजेतिर ठूलो आवाज सहित विस्फोट भएको एक स्थानीयले बताएका छन । यस्तै यता भैरहवा बाट बुटवल तर्फ आउदै गरेको यात्रुबहाक बसमा पेट्रोल बम प्रहार भएको बताइएको छ ।

कन्चन गाउँपालिका परिसरमासमेत बम फेला परेको र प्रहरीसहित डिस्पोजल टोलि त्यसतर्फ गएको छ ।त्यस्तै रुपन्देहीको कोटीहवा नजिकै (टाईगर प्यालेस जाने बाटोमा) बम भेटिएको छ । एर आर्मीको टोली द्वारा सो बम डीस्पोज गरिएको बताइएको छ ।यस्तै यता पाल्पाको रिब्दिकोट गाउपालिकाको कार्यालयमा पनि बम बिस्फोट भएको बताइएको छ । विस्फोटले गाउँपालिका भवनको सबै सिसाहरु फुटेर क्षति पुगेको एक प्रतक्ष्यदर्शीले बताएको

छन्पोखराको नदीपुरस्थित प्रदेशसभा भवन गेट अगाडि सडकमा भेटिएको शंकास्पद वस्तु डिस्पोज गर्ने क्रममा नेपाली सेनाका एक नायक धर्मबहादुर थापा घाइते भएका छन्।डिस्पोज गर्ने तयारी गर्दै गर्दा नेपाली सेनाकै बारुद पड्किदा थापा घाइते भएका हुन् । उनको हातका औंलाहरू चुँडिएका छन् । नदीपुरमा कागजको डल्लो बेरेर राखेको अवस्थामा डेटोनेटर भेटिएको थियो । त्यसलाई डिस्पोज गर्ने क्रममा डिस्पोजल टोलीका सदस्य कालिभञ्जन गण रत्नमन्दिरमा कार्यरत थापा घाइते भएका हुन्। उनको हातमा चोट लागेको कास्की प्रहरी प्रवक्ता डिएसपी रवीन्द्रमान गुरूङले जानकारी दिए। घाइते थापाको पोखराको फिस्टेल अस्पतालमा उपचार भइरहेको छजनकपुरधाम ।

चोरीका ६ वटा मोटरसाइकलसहित पाँच जनलाई प्रहरीले पक्रउ गरेको छ । धनुषा प्रहरीको विशेष टालीले धनुषको विभिन्न ठाँउबाट उनीहरुलाई पक्राउ गरेको हो जिल्ला प्रहरी कार्यालय धनुषाकाे अनुसार पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका ११ बस्ने असलम राइन, वडा नं. ४ बस्ने दीपकुमार महतो, वडा नं. ७ बस्ने सञ्जीवकुमार साह, १ बस्ने अरविन्दकुमार साह र धनुषाकै धनौजी गाउँपालिका वडा नं. १ बस्ने हसिबुल नदाफ रहेका छन् उनीहरूको साथबाट ज. ११ प. ६०८९ नं. को हिरो एचिभर आईएसओ, ज. ९ प. ४६१८ नम्बरको सुपर स्पलेण्डर, ज.१ प. ८२ ९५ हिरो होण्डा स्पलेण्डर, ना. ३५ प. ५९२० नं. को बुलेट, बा ७८ प ११८४ नं को बजाज डिस्कभर र ज. १३ प. १५१७ नं. को मोटरसाईकल बरामद गरेकाे प्रहरीले जनाएकाे छ ।

पक्राउ परेको सबैजनालाई जिल्ला अदालत धनुषाबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here