बिहिबार विहान अमेरिकाबाट पठाइदै छ नेपाली सेटिलाइट

0
271
nepal-satellite

नेपाली समयअनुसार बिहीबार बिहान साढे २ बजे नेपालले आफ्नो पहिलो स्याटेलाइट भूउपग्रह उडाएर अन्तरिक्षमा उपस्थिति जनाउँदैछ । नेपाली झन्डा र विज्ञान तथा प्रविधि प्रतिष्ठान नास्ट को लोगोसहितको उक्त भू उपग्रहलाई नेपाली स्याट-१ नाम दिइएको छ । अमेरिकाको भर्जिनियास्थित स्पेस कम्पनी अर्बिटल एटिकेको रकेटबाट उडाइने भू-उपग्रहलाई नेपालको विज्ञान क्षेत्रकै एक महत्वपूर्ण कोशेढुंगाका रूपमा हेरिएको छ ।

अमेरिकी अन्तरिक्ष अध्ययन संस्था नासाले यो उडानको प्रत्यक्ष प्रसारण गर्नेछ । हामी नेपालका वैज्ञानिकहरूले लामो समयदेखि देख्दै आएको सपना साकार हुँदैछ, नास्टको प्रविधि विभाग प्रमुख डा. रवीन्द्र ढकालले भने ।

उनका अनुसार नेपालले उडाउन लागेको स्याटेलाइट नानो वर्गमा पर्छ । नानो भनेको सानो आकारको हो, जुन एकदेखि १० किलोको हुन्छ । योभन्दा सानो स्याटेलाइट पनि हुन्छ, जसलाई पिको भनिन्छ । यसको तौल सय ग्रामदेखि एक किलोसम्म हुन्छ। हाम्रो स्याटेलाइटको तौल १ किलो ३ सय ग्राम छ । यसको लम्बाइ, चौडाइ र उचाइ १०-१० सेन्टिमिटर छ । यसले खिचेका तस्बिर र सूचनाले सम्बन्धित ठाउँको प्रारम्भिक अवस्था अध्ययन गर्न मद्दत पुग्ने ढकालले बताए ।

यो स्याटेलाइट अन्तरिक्षमा पुगेपछि एक महिना इन्टरनेसनल स्पेस स्टेसनमा ९आइएसएस० मा गएर बस्नेछ । यो भनेको अन्तरिक्षमा रहेको स्याटेलाइटहरूको ‘पार्किङ’ जस्तै हो । त्यहाँ अन्तरिक्षयात्रीहरूले यसलाई परीक्षण गर्नेछन् । प्राविधिक रूपले उपयुक्त छ भनेपछि बल्ल हाम्रो स्याटेलाइट पृथ्वी वरिपरि घुम्न थाल्नेछ ।

‘बिहीबार उड्ने स्याटेलाइटले मे अन्त्यबाट पृथ्वीको चक्कर काट्न थाल्ने अनुमान छ । ढकालले भने, त्यसको तीन दिनपछि यसले तथ्यांक पठाउन सुरु गर्छ । यो स्याटेलाइटलाई पृथ्वीको एक चक्कर काट्न ९० मिनेट लाग्नेछ । यस क्रममा नेपालको आकाशमाथि दैनिक ५ देखि १० मिनेट रहन्छ । यसले पृथ्वीबाट करिब ४ सय किलोमिटर टाढा फन्को मार्नेछ।

तीन वर्ष आयु रहेको यो स्याटेलाइटले पठाउने तस्बिरहरू एकदमै सामान्य खालका हुने ढकालले जानकारी दिए । हुन त स्याटलाइटले खिच्ने तस्बिरबाट हावाहुरी, बाढी, प्रकोपदेखि नदीनाला र हिमालहरूको विस्तृत अवस्था पत्ता लगाउन सकिन्छ । तर, हाम्रो सानो स्याटेलाइट यति धेरै सूचना पठाउन सक्षम छैन । यसको क्यामराको गुणस्तर र क्षमता कम छ ।

हाम्रो स्याटेलाइटले अमेरिका, बेलायत वा जापानका ठूला स्याटेलाइटले जस्तो काम गर्दैन । ढकालले भने, ‘आज उडाएपछि भोलिबाटै मौसमको ठीक ठीक पूर्वानुमान गर्न सक्छौं भन्ने होइन । यसले सामान्य जानकारी मात्र दिने हो। कुन ठाउँमा के भइरहेको छ भन्न सक्छौं, तर ठ्याक्कै क्षेत्र तोक्न सक्दैनौं । उदाहरणका लागि, चारकोशे झाडीमा आगलागी भएको तस्बिरबाट देखिए पनि ठ्याक्कै कुन ठाउँमा आगो लागेको हो यकिन हुँदैन । यसको निम्ति अन्य शक्तिशाली स्याटेलाइटको मद्दत लिनुपर्नेछ ।

उनका अनुसार यो स्याटेलाइट जापानको क्युसु इन्स्टिच्यूट अफ टेक्नोलोजी ९क्युटेक० सँग मिलेर बनाइएको हो । यसमा राष्ट्रसंघको सहयोग छ । क्युटेकले स्याटेलाइट नभएका नेपालजस्ता देशलाई सहयोग गर्दै आएको छ । नेपालसँगै श्रीलंकाको रावन-१ पनि प्रक्षेपण गरिँदैछ ।

स्याटेलाइट बनाउन नेपाल तर्फबाट नास्टका प्राविधिक अधिकृत हरिराम श्रेष्ठ र नेपाली वैज्ञानिक आभाष मास्के जापानमै बसेर काम गरिरहेका छन् । श्रेष्ठ क्युटेकमै इलेक्ट्रिकल तथा कम्युनिकसेन इन्जिनियरिङमा स्नातकोत्तर गरिरहेका छन् भने मास्के स्पेस टेक्नोलोजी इन्जिनियरिङमा विद्यावारिधि गर्दै छन् ।

उनीहरू दुई जना र अरू विभिन्न देशका आठ जना विद्यार्थी मिलेर यी स्याटेलाइट बनाएका हुन् ।यस निम्ति नेपालले क्युटेकलाई एक करोड ८० लाख रुपैयाँ पठाएको थियो । त्यही पैसाले जापानमै सामान किनेर स्याटेलाइट बनाएको ढकालले जानकारी दिए ।यसरी निर्माण भएको स्याटेलाइट क्युटेकले जापानको एरोस्पेस कम्पनी ‘ज्याक्सा’ लाई बुझायो । नेपाली स्याटेलाइट कहाँ लगेर, कसरी उडाउने भन्ने निर्क्यौल गरेको ज्याक्साले नै हो । सबै काम जापानमा गरिएको स्याटेलाइट अमेरिकाबाट किन उडाइयोरु ढकालका अनुसार संसारमा अमेरिका, जापान, भारत, चीन लगायत १२ देशबाट मात्र स्याटेलाइट उडाइन्छ। उडान खर्च र त्यसको निम्ति चाहिने प्रविधि धान्न सबै देश सक्षम छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here