दिनेश एफएमका प्राविधिकको लाश भासुको भिरमा भेटियो – हत्याको आशंका

0
109
dead-body-in-vaasu

कैलालीको भासु भीरमा गत बीहिबार सडेको अवस्थामा भेटिएको शवको सनाखत भएको छ। उक्त शव बैतडीको डिलासैनी गाउँपालिका वडा नम्वर ७ धामी गाउँ घर भई झण्डै एक बर्ष सम्म दिनेश एफएममा काम गरेका २३ वर्षीय मुकेश धामीको रहेको खुलेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आज शवको मृतकका बुवा मोहनसिंह धामीले  सनाखत गरेका हुन्। धामीसंग भेटिएको मोवाईलमा रहेको मेमोरी कार्डमा रहेका फोटोको आधारमा उनको पहिचान भएको प्रहरीले जनाएको छ। यस्तै उनले लगाएका लुगाहरुको आधारमा पनि पहिचान खुलेको हो।

धामी दिनेश एफएममा प्राविधिक पदमा काम गर्दै आएका थिए। झण्डै एक वर्ष  सम्म दिनेश एफएममा कार्यरत रहेका धामी गत साउनमा १४ गतेदेखि वेपत्ता भएका थिए। सोमवार एफएममा ड्युटी गरेर धनगढी उप–महानगरपालिका वडा नम्वर ४ स्थीत डेरामा गएका  धामी सोही दिन देखि वेपत्ता भएका थिए। मंगलवार उनको साप्ताहिक विदा थियो। त्यसपछि पनि कार्यालयमा उपस्थीत नभएपछि एफएम व्यवस्थापनले उनको खोजी सुरु गरेको थियो। वेपत्ता भएपछि दिनेश एफएमले उनको खोजीका लागि साउनमै जिल्ला प्रहरी कार्यालयमा निवेदन समेत दिएको थियो। 

घटना रहस्यमय रहेकाले थप अनुसन्धानबाट मात्र खुल्ने प्रहरी नायब उपरिक्षक दक्ष बहादुर बस्नेतले बताए। परिवारका सदस्यले पनि धामीको हत्या भएको आरोप लगाएका छन्। उनका बुवा मोहनसिंह धामीले छोराको हत्या भएको बताए। उनले छोराको हत्यामा बुहारी निरा धामीको संग्लता रहेको बताए। उनी विरुद्ध जिल्ला प्रहरी कार्यालयमा अहिले जाहेरी दिने तयारी भईरहेको छ। धामी र उनकी श्रीमतीविच लामो समयदेखि सम्वन्ध राम्रो नभएको  पारिवारिक  श्रोतले जनाएको छ। धामी वेपत्ता भएको दिनदेखि नै उनीकी श्रीमती पनि माईती घर डडेल्धुराको जोगबुढा गएकी थिईन्। यस्तै दिनेश एफएम व्यवस्थापनले पनि घटना रहस्यमय भएकाले सत्यतथ्य छानविनको माग गरेको छ। 

गत विहिवार स्थानीयले मानवको कंकाल फेला परेको खवर गरेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले दोश्रो दिन शव बरामद गरेका थिए। शव भासु भिरमा भीमदत्त पन्त राजमार्गको झण्डै ५ मिटर तल खसेको थियो। शवको परिक्षण पछि आफन्तको जिम्मा लगाईने प्रहरीले जनाएको छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here