गुल्मीमा जीप दुर्घटनामा परि पूर्व सांसद सहित २ जनाको मृत्यु

0
56
car-accident-in-gulmi

गुल्मीमा बिहीबार बिहान जीप दुर्घटना हुँदा पूर्वसांसदसहित दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको मालिका गाउँपालिकाबाट बुटवलका लागि छुटेको   लु १ ज १९५७ नम्बरको जीप मुसिकाेट नगरपालिका-१ पाैदीअमराईमा  दुर्घटनामा परेको हो । दुर्घटनामा परी पूर्वसांसद रूद्रमणि भण्डारी र अर्का यात्रु रोशन बिकको घटनास्थलमै मृत्यु भएको छ । 

भण्डारी २०४८ सालमा गुल्मी -३ मा नेपाली कांग्रेसबाट सांसद निर्वाचित भएका थिए । 

जीप सडकबाट १ सय मिटरभन्दा तल खसेकाे थियो। दुर्घटनामा अन्य ८ यात्रु घाइते भएका छन । दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here