नेपाली चलचित्र क्षेत्रका प्रख्यात नायक आर्यन सिक्देल बुवा बन्दै

0
139
aryan-being-father-soon

आर्यन सिक्देल बिहे गरेको करिब ४ वर्ष पश्चात बुवा बन्न लागेका हुँन् । वि.सं २०७१ साल बैशाख ६ गते आर्यन सिक्देलले आफ्नी प्रेमीका सपना भण्डारी संग विवाह गरेका थिए । जानकारी बमोझिम उनकी श्रीमती सपनाले फाल्गुन महिनाको अन्त्य तिर सन्तान जन्माउँने छिन् ।

चलचित्रको छयांकन गर्न भनि आर्यन हाल सिक्किम गएका छन् र यस चलचित्र “हजार जुनी सम्म” को छयांकन सकिए पश्चात पुरा समय आफ्नो श्रीमती सपनालाई दिने बुझिएको छ ।

उनीहरुको विवाह अघि सपना आर्यनको फ्यान थिइन र करिब ४ वर्ष प्रेम सम्बन्धमा बसेर विवाह गरेका थिए । अब उनीहरु छिटै नै आमा–बुवा बन्न गइरहेका छन् र यस आउँदो खुशीको हामी अग्रीम बधाई उनीहरुलाई दिँदछौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here