दाङमा हतियार कारखाना – हतियार सामाग्रीहरु सहित दुई जना पक्राउ

0
301
arrested-for-making-illegal-gun

राजपुर–७, भौवाना, दाङको विकट क्षेत्रबाट प्रहरीले हतियार निमार्ण गर्ने कारखाना भेटेको हो । दाङका एक स्थानीयवासी बाँके र दाङको दक्षिणी सीमावर्ती क्षेत्रमा घरमै हतियार बनाउँने तथा मर्मत गर्ने गरेको भेटिएको हो ।

हतियार बनाउँने कार्यमा सम्लग्न ५९ वर्षिय जीत बहादुर बुढा पक्राउ परेको जानकारी प्रदेश नम्बर ५ प्रहरी कार्यलयका प्रमुख प्रहरी नायब महानिरीक्षक पिताम्बर अधिकारीले दिएका छन् । त्यस्तै गरि उक्त क्षेत्रबाट ३८ वर्षिय रुद्रमणि घर्तीलाई पनि प्रहरीले एक नाल भरुवा बन्दूक सहित प्रक्राउ गरेको उहाँले बताउँनु भयो ।

प्रहरीले बुढालाई पक्राउ गरे पश्चात उनको घरमा अनुशन्धान गर्दा ५ वटा भरुवा बन्दूक, १ थान १२ बोर, तिन वटा एयरगन राइफल, त्यसतै गरि एक–एक वटा पेस्तोल, रिभल्वर र १२ वटा सानो हतियारको नाल मजल र ठूलो हतियारको नाल २९ वटा बरामद गरेको छ ।

हाल पक्राउ परेका अपराधि दुवैलाई इलाका प्रहरी कार्यालय गढवामा राखिएको छ र उनीहरु माथी हात–हतियार तथा खरखजाना सम्बन्धी अपराध अन्तर्गत मुद्धा चलान गरि कारवाही गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here