ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु र ५ जना घाइते

0
68
tractor-accident

शनिवार साँझ मकवानपुरको बागमती गाउँपालिका–४ पाँचपाण्डवमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

स्थानीयवासी निर्मल तिमल्सिनाले ना ६ त ४४२ नम्बरको ट्याक्टर फापरबारीबाट सिन्धुली तर्फ निर्माण सामाग्री लिएर जाँदै गरेको क्रममा दुर्घटनामा परेको र उक्त दुर्घटनामा परी २ जनाको मृत्यु भएको र अन्य ५ जना घाइते भएको जानकारी दिएका थिए ।

दुर्घटनामा घाइते सिन्धुली हरिहर गाउँपालिकाका ५० वर्षिय हेमकुमार श्रेष्ठको घटना स्थलमै मृत्यु भएको थियो भने अर्का सोहि क्षेत्रका ५० वर्षिय बखत राईको उपचार गर्न हेटौडा लैजाने क्रममा मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते हुने जनकल्याण आदारभूत विद्यालय लमकन्नाकी शिक्षिका शिवमाया मगर, शक्ति राई, मोहन राई, कृष्ण राई र तिलक राईलाई उपचारका लागी हेटौडा ल्याइएको छ भने उनीहरुको अवस्था गम्भिर रहेको देखिन्छ ।

उक्त ट्याक्टर दुर्घटना निर्माणाधीन धरान–चतारा राजमार्गअन्तर्गत मकवानपुर र सिन्धुली जोड्ने पुल नजिकको क्षेत्रमा भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here