ताप्लेजुङमा श्रीमान्ले जबरजस्ती करणी गरेको श्रीमतीको उजूरी – श्रीमान् जेल चलान

0
100
wife-raped-by-husband

ताप्लेजुङमा श्रीमान्ले जबरजस्ती करणी गरेको भन्दै श्रीमतीले उजूरी दिएकी छिन् र उजूरी पश्चात् उनका श्रीमान् जेल चलान भएका छन् । उक्त २० वर्षिय आरोपी वैवाहिक बलात्कारको आरोपमा जेल चलान भएका हुँन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले सिरजंघा गाउँपालिकाका २० वर्षिय युवकलाई जिल्ला अदालतको अनुसार पुर्पक्षका लागी जेल चलान गरिएको कुरा बताएको छ ।

उनकी श्रीमतीले गत असोज ८ गते उनले जबरजस्ती करणी गरेको उजूरी दिएकी थिइन् । गत पौष ४ गते प्रहरीले उनलाई उजूरीको आधारमा आफ्नो नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक संजय सिंह थापाले पक्राउ पश्चात उनलाई अनुसन्धान तथा कानुनी प्रक्रिया पुरा गरेपछि अदालतले मंगलवार थुनामा राख्ने आदेश दिएको जानकारी दिएका छन् ।

भदौ १ गते देखि लागु भएको नयाँ मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा २१९ को उपदफा ४ अनुसार वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा श्रीमान्ले श्रीमतीलाई जबरजस्ती करणी गर्न खोजेमा पाँच वर्ष सम्म जेल हुँने व्यवस्था रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here