स्वर्ग झैं देखिने खप्तड पर्यटकहरुको आकर्षण बन्दैछ

0
200
khaptad-national-park-tourist-destination

सौन्दर्यले भरिपूर्ण खप्तड डोटी, बाजुरा र बझाङ जिल्लाले घेरिएको छ र यसको मुख्य द्धार भनेको डोटी जिल्लाको सिल्गडी बजार हो । सिल्गडी पुग्नका कैलाली जिल्लाको अत्तरीया चोक उपयुक्त बाटो हो ।

खप्तडलाई सुदुरपश्चिमको पर्यटकहरुको आकर्षण क्षेत्र मानिन्छ, हाल खप्तडको राष्ट्रिय निकुञ्जमा घुम्न आउँने पर्यटकहरुको संख्या बृद्धि भइरहेको देखिन्छ । खप्तड राष्ट्रिय निकुञ्जका सहायक संरक्षक अधिकृत प्रकाश बहादुर शाहको जानकारी बमोझिम यस वर्ष निकुञ्जमा २९ विदेशी पर्यटकले खप्तड अवलोकन गरिसकेका छन् ।

निकुञ्जको जानकारी अनुसार बाहिरी पर्यटक भन्दा बाजुरा, अछाम, डोटी र बझाङका पर्यटकहरु धेरै संख्यामा खप्तड घुम्न आउँने गर्दछन् ।

चालु आर्थिक वर्षको ७ महिनामा निकुञ्ज घुम्न आउँने पर्यटकहरुबाट २ लाख रुपैंया भन्दा बढि राजस्व संकलन भएको छ ।

हाल चार ठाउँमा निकुञ्जको सुरक्षाको लागी इलाका कार्यालय राखिएको छ । जेष्ठ महिना खप्तडमा गङ्गा दशहरा मेला लाग्छ साथै जनै पुर्णिमाको दिन पनि जात्रा लाग्ने गर्दछ । स्थानीय धन बहादुर बिष्टले जात्राको समयमा सुदुरपश्चिमका बिभिन्न क्षेत्रबाट जात्रा हेर्न मान्छेहरुको घुइचो लाग्ने कुरा बताउँनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here