कर्मचारीहरुको शिक्षण अस्पतालमा लुट

0
98
cheating-in-teaching-hospital

बौद्धका रामबहादुर तामाङ बिरामी परेपछि महाराजगञ्जमा अवस्थित टिचिङ अस्पतालमा गए । चिकित्सकले उनलाई अन्य टेष्ट सहित सिटी स्क्यान गर्न लगाए । तर उनले आँफु चिसोका कारणले बिरामी भएकाले अन्य चिकित्सकले दिएको विवरण अनुसार सिटी स्क्यान गरेनन् । तर उनले उनले अस्पतालको काउण्टरमा ६ हजार तिरे । बिल हेर्दा उनले गर्दै नगरेको सिटी स्क्यानको २७ सय रुपैंया र सिंगल इन मिडियम साइज भन्ने शिर्षकमा ३ सय ५० रुपैंया जोडेको देखे । तर उनले यो टेष्ट गरेको थिएनन् । उनलाई चेक गर्ने चिकित्सकले समेत टेष्ट नभएको र यो पैसा फिर्ता गर्नु भनि सिफरिस दिए ।

बिरामीकी बुहारी पैसा फिर्ता माग्न ३ दिनसम्म अस्पतालको काउण्टरमा पुगिन् तर काउण्टरका कर्मचारीले अर्कै व्यक्तिले पैसा फिर्ता लगेको भन्दै उल्टै उनलाई थर्काउन थाले ।
यसपछि हामी पैसा फिर्ता गर्ने काउण्टरमा पुग्यौं । हामीले बुझ्न खोज्दा पैसा यी कर्मचारीले अर्कै व्यक्तिले नक्कली बिल बनाएर पैसा लगिसकेको बताए । तर अस्पतालको लेखा शाखामा भने सक्कली बिल नै राखेको भेटियो ।

यिनै कर्मचारीले बिरामीका आफन्तको पैसा फिर्ता माग्दा सक्कली बिल लिएका रहेछन् र उनलाई प्रतिलिपि बिल दिएका रहेछन् । अहिले उनी संग प्रतिलिपि बिल छ ।
लेखाशाखाका अनुसार प्रतिलिपि बिल निकाल्न पनि बिरामीका आफन्तले ठोस प्रमाण सहित २५ रुपैंया दस्तुर तिरेर निवेदन दिनुपर्ने हुन्छ । तर यहाँ प्रतिलिपि बिल निकाल्न यो कुनै प्रक्रिया पुरा गरिएको छैन । लेखाशाखाका सुमन नाम गरेका कर्मचारीले यो बिल दिएका छन् ।

प्रतिलिपि विलको के कुरा यहाँत नक्कली बिल जति पनि पाइने कर्मचारी आफै बताउँछन् । यो सबै देखेपछि पुन हामी पैसा फिर्ता गर्ने काउण्टरमा जाँदा कर्मचारीहरु काउण्टर नै बन्द गरेर यसरी भाग्न थाले ।

कर्मचारीहरुको भागाभाग भए पनि टिचिङ अस्पतालको लेखाशाखाका कर्मचारीले भने गल्ती स्वीकार गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here