भाग्यमानी मानिससंग मात्र हुने ६ वटा कुराहरु जान्नुहोस्

0
224
lucky-people-sign

यदी जीवनमा मानिसले ६ वटा यस्ता कुराहरु प्राप्त गर्न सक्छ भने उ कहिल्यै पनि निराश हुनुपर्दैन । महाभारतको उद्योग पर्वमा पनि यो कुरा लेखिएको छ । उक्त श्लोक यसप्रकार छ : अर्थाथमो नित्यमरोगिता च प्रिया च भार्या प्रियवादिनी च, वश्यश्च पुत्रो अर्थकरी च विद्या षट् जीव लोकेषु सुखानि राजन् ।। अर्थ : मानिसलाई धन, निरोगी शरीर, सुन्दर पत्नी, मीठो बोल्ने, आज्ञाकारी पुत्र र धनप्राप्त गर्ने विद्या यी ६ कुराले सुख दिन्छ ।


१. धन सम्पत्ती

सुखी जीवन जिउँनको लागि मानिसलाई धन र सम्पत्तिको एकदमै आवश्यकता पर्दछ । नाम र सम्मान पाउँन यो अत्याधिक आवश्यक थोक हो किनभने यो बिना न नाम रहन्छ, न मान सम्मान नै मिल्दछ । परिवारको पालन पोषण गर्नको लागि र घरको आवश्यकता पुरा गर्न धनसम्पत्ति हुनु अति आवश्यक छ । शिक्षा प्राप्त गर्नको लागि पनि आजको समयमा धनको अति जरुरी छ । धन बिना कुनै रोगको उपचार सम्भव छैन किनभने सबै रोगको उपचार निशुल्क हुँदैन । वृद्धावस्थामा पनि धनको ठूलो साहारा चाहिन्छ । यसर्थ मानसम्मान, शिक्षादीक्षा, परिवारको पालनपोषण, र रोगलाग्दा उपचारको लागि धनको अति आवश्यक हुन्छ ।


२. निरोगी शरीर

मनिस जीवनमा सधैं सुखी तथा खुशी रहन शरीर स्वस्थ हुनु जरुरी छ । यदी शरीरमा कुनै रोग छ भने तपाई राम्रो सँग कुनै पनि काम सहि प्रकारले गर्न सक्नुहुन्न र यस्तो अवस्थामा तपाईं जीवनका हरेक कुराबाट बञ्चित हुनुहुन्छ । यदी तपाईंमा साना–साना रोगहरु छन् भने पनि तपाईं कुनै काम राम्ररी गर्न सक्नुहुन्न । श्रम नगरी खान पाईंदैन । श्रम गर्नका लागि शरीर स्वस्थ्य हुनुपर्दछ । स्वस्थ्य शरीर नै एकप्रकारले सुखी जीवन हो र यस्तो शरिरलाई इश्वरको बरदान पनि भनिन्छ ।


३. सुन्दर पत्नी

महाभारतमा महात्मा विदुरले भनेका छन्, सुन्दर श्रीमती हुनु पनि एक प्रकारको सुख हो । कारण घरमा सुन्दर पत्नी हुनाले तपाईंको ध्यान बाहिर भड्किदैन । घरमा श्रीमतीसँग हुने व्यवहारबाट तनाब मुक्त भएपछि तपाइको बाहिरीयासँग सम्बन्ध रहँदैन र अनेकौ समस्याबाट बच्न सक्नु हुन्छ । समयमा घरमा आइन्छ । आपसी छलफल र सद्व्यवहारबाट नै घर परिवार संचालन हुन सक्छ ।


४. मीठो बोल्ने पत्नी

सुन्दर त्यस पछि पनि मीठो बोल्ने श्रीमती पाउनु भनेको सुनमा सुगन्ध हो । त्यो पनि अर्को सुख हो । जसले नम्रता पूर्वक कुरा गरेर परिवारका हर सदस्यलाई सुख राख्न सक्छिन् । यदी नमीठो बोल्ने श्रीमती घरमा छन भने दिनहू घरमा विवाद भई रहन्छ र घरको वातावरण अशान्त हुन्छ । यसप्रकार कर्कशा श्रीमती हुनेको घरमा न परिवारले सुख पाउँछ न इष्टमित्र आउँछन् न छर छिमेकि । न उनीहरुको सहयोग प्राप्त हुन्छ ।


५. आज्ञाकारी पुत्र

वर्तमान समयमा सबैभन्दा ठूलो समस्या सन्तान हो । सन्तान यदी गलत बाटोमा लागे भने यसको दोष बुबा आमालाई पर्न जान्छ । सन्तान विद्वान् हुन भनेको ठूलो सुख हो । त्यसैले सन्तानको उच्च शिक्षाको लागि बाबु–आमाले आप्नो भएभरको सम्पत्ति लगाएर विदेशमा पठाउँछन् ।

कारण बुढेस कालमा सन्तान एकदम जरुरी हुन्छ । छोरो साथमा भएर पनि कुलतमा लागेको छ भने त्यो भने दुःखको कारण बन्दछ । तसर्थ जसको सन्तान आज्ञाकारी छन् उ सुखी हुन्छ । जसको सन्तान मुर्ख छ कुलतमा लागेको छ उ दुःखी । त्यसैले महात्मा विदुर– भन्छन् सज्जन सन्तान हुने जो कोहीले पनि दुख कहिल्यै भोग्नु पर्दैन ।


६. धन पैदा गर्ने विद्या

पैसा त आउँछ जान्छ यो एक नियम नै हो । कयौं पटक यस्तो पनि देखिएको छ कि कोही व्यक्ति कुनै दिन धनवान हुन्छ त केही दिनमै पैसा को लागि तड्पि रहेको हुन्छ । कोही मानिस आफ्नो भएको पैतृक सम्पत्ति अनियन्त्रित रुपले खर्च गर्छन । यस्तो स्थितिबाट बच्नको लागि तपाई सँग यस्तो ज्ञान हुनु प¥यो जसले भएको धन नष्ट पनि नहोस् र काम पनि बनोस् । यदि तपाईंसँग पैसा छैन तर कला छ भने तपाई त्यसप्रकारका कामहरू गर्न सक्नु हुन्छ । सम्मान पूर्वक जिवनयापन गर्न सक्नु हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here