निर्मला पन्तको बलात्कार होइन हत्या गरिएको दावी गर्छिन् माता सविता – के यि माताको दावी साँचो नै हो र ?

0
125
nirmala-was-not-raped-but-murdered-claims-sabita-mata

पौष ४, काठमाण्डौं – आफुलाई माता भन्ने सविता आचार्यले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलत्कार नभएर हत्या भएको दावी गरेकी छिन् । निर्मलाको बुवा संग उनले भेटेको बताइन् । ५ जना मिलेर निर्मलाको हत्या गरिएको दावी सविता माताले गरेकी छिन् र दावीमा निर्मलालाई कपडाले छोपेर हत्या गरिएको उनले बताएकी छिन् ।

सविताले सावित्री निर्मलालाई न्याय माग्न भन्दै कञ्चनपुर जाने क्रममा सावित्रीलाई समेत फोन गरेर उक्त कुरा भनेको दावी गरेकी छिन् । ५ जना मध्य ३ जना महिला उक्त हत्यामा समाबेस रहेको माता दावी गर्छिन् । सो दृश्य उनले आफ्नो सपनामा देखेको भन्दै कुराहरु सार्वजनिक गरेकी हुँन् । उनले बलात्कार भनेर डिनए र के के जाँच गरेका छन् र त्यो डिनए जाँच गरेर मात्र नहुँने कुरा उनले बताइन् ।

उनले भनिन्, कोठे सर्ट लगाएको व्यक्तिले मुखमा कपडा कोचेर हत्या गरि लाशलाई बलात्कार गरेको जस्तो बनाई जंगलमा फालिएको हो । माताले करिब २ः१५ देखि २५ मिनेटको बिचमा निर्मलालाई जम्मा ५–६ जनाले हत्या पश्चात जंगलमा लगेर फालिएको दृश्य सपनामा देखेको बताउँछिन् । उक्त दर्शन माताले असोज महिनाको बिच तिर देखेको बताएकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here