बन्दै गरेको २२ तले नयाँ धरहराको फोटोको दृश्यहरु हेर्नुहोस्

0
107
twenty-two-stored-dharahara-is-being-built

२०१७ सालमा भुइचालोले भग्नावेश भएको धरहराको पूर्नःनिर्माणको कार्य हाल धमाधम भइरहेको छ ।

निर्माण स्थलका अनावश्यक सामाग्रीहरु हटाउँदै जिआइइटिसी–रमन जेभीले धरहरा निर्माणको काम गरिरहेको छ ।

अब बन्दै गरेको धरहरा गजुर सहित २२ तलाको हुनेछ र यसको उचाइ करिब ७७ मिटर हुँनेछ, यो पुरानो धरहरा भन्दा दुई गुणा बेसि ठूलो देखिनेछ । भुइचालोले भत्कीएको पुरानो धरहरा ९ तलेको थियो । अब नयाँ बनिने धरहरा शहिद गेटबाट करिब १० मिटर अगाडि बन्नेछ ।

यो बनिने नयाँ धरहराको आकार पुरानो धरहरा झैं हुनेछ तर यसको मोटाई भने पहिलेको भन्दा बेसि नै हुँनेछ ।

४२ रोपनीमा फैलिएर बनिने नयाँ धरहरा नजिकै संग्रहालय साथ–साथै रमणीय बगैंचाको निर्माण समेत गरिनेछ । नयाँ बन्दै गरेको धरहराको छेउमा आधुनिक ३ तलाको पार्किङ स्थल पनि बन्नेछ ।

”भुइचालोको स्मारक” को रुपमा भुइचालोले भत्किएको पुरानो धरहरालाई चिसाको फ्रेमले छोपेर राखिनेछ ।

अब बनिने धरहराको कुल लागत ३ अर्ब ४५ करोड रुपैंया रहेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणका इन्जिनियर अविरल भट्टराईले “४९ वटा प्रोटेक्सन पाइल राख्ने काम सकिएको छ, अहिले दुईवटा पाइलको बिचमा माइक्रो पाइल राख्ने काम भइरहेको छ ।” भनेर भन्नुभयो ।

करिब १ महिना देखि नयाँ धरहरा निर्माण कार्य भइरहे पनि काम औपचारिक शिलान्यास १२ गते प्रधानमन्त्रीले गर्ने कार्यक्रम छ ।

२०७२ सालमै “मेरो धरहरा म बनाउँछु” धरहराको पुननिर्माणको अभियान प्रधानमन्त्री केपी शर्मा ओलीले सुरु गरेका थिए ।

मन्त्रीपरिषदको बैठकले राष्ट्रिय पुननिर्माण प्राधिकरण र पुरातत्व विभागसंगको समन्वयमा धरहरा निर्माण गर्ने जिम्मा २०७३ साल असार २९ गतेका दिन टेलिकमलाई दिइएको थियो तर टेलिकमले नयाँ बनीने धरहरालाई व्यवसायिक रुपमा सञ्चालन गर्ने प्रस्ताव राखेपछि पुरातत्वले अस्वीकार गरेको थियो ।

उक्त धरहरा पुननिर्माणको कामबाट टेलिकमले हात झिकेपछि सरकारले पुननिर्माणको कार्य गर्ने जिम्मा प्राधिकरणलाई दिएको हो ।

new-dharahara-demo
re-building-of-dharahara
reconstructing-new-dharahara
woker-working-in-new-dharahara-projects

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here