अब काठमाण्डौंको १०० ठाउँमा स्मार्ट जेब्रा–क्रसिङ – बाटो काट्दा जेब्रा क्रसिङको प्रयोग गरौं

0
132
hundred-smart-zebra-crossing-in-kathmandu

काठमाण्डौं – काठमाण्डौं महानगरपालिकाले हाल स्मार्ट जेब्रा–क्रसिङ प्रणालीको तयारी गरिरहेको छ । हाल काठमाण्डौंमा करिब १०० वटा परम्परागत जेब्रा–क्रसिङ रहेका छन् । मानिसको चापको मुल्याङ्कन गर्ने हो भने यो जेब्रा–क्रसिङको संख्या अतयन्तै कम नै हो र पुरानो जेब्रा–क्रसिङ पनि परम्परागत तरिकाको भएकाले मेटिसकेका छन् । यसकारणले गर्दा काठमाण्डौं महानगरपालिकाले मानिसहरुको अत्याधिक आवजावत हुँने ठाउँहरुमा स्मार्ट जेब्रा–क्रसिङको व्यवस्था गर्न लागेको हो ।

“यस अघि जे जस्तो निर्माण भएको भए पनि अब निर्माण गर्ने सबै जेब्रा–क्रसिङ स्मार्ट नै हुनेछन् ।” भनि काठमाण्डौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताउँनु भयो । उहाँले सडक विभाग संग सहकार्य गरी मानिसको आगमन बढी हुने स्थानमा काम अघि बढाउँने जानकारी दिनुभयो ।

उहाँको भनाई अनुसार अब निर्माण हुने स्मार्ट जेब्रा–क्रसिङ आधुनिक हुनेछ र दुवै तर्फबाट आउँने गाडि १० मिटर अघिनै आफै रोकिने प्रविधि सहितको हुँनेछ । यस प्रविधिका कारण मानिस आएपछि ट्राफिक प्रहरीले हात हल्लाएर, सिट्टी बजाएर सवारी रोकिराख्नु पर्नेछैन किनभने उक्त प्रविधिले नै सबै कार्य गर्ने छ ।

काठमाण्डौं महानगरपालिकाले नयाँ निर्माण भइरहेको जेब्रा–क्रसिङको काम संग–संगै रातीको समयमा देखिनको निम्ती पुरानो जेब्रा–क्रसिङ पनि मर्मत गर्ने कुरा बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here