राविलास पासवानको छोरा पछि उनको भाइले पनि दियो भाजपालाई अल्टिमेटम

0
174
bjp-got-ultimatum-of-ljp

भारतको राजस्थान, मध्य प्रदेश र छत्तीसगढमा नराम्रो हार पछि भाजपाको लागी नयाँ संकट उत्पन्न भएको हो । बिहारमा एनडीएको साथी एलजेपीले सीटहरुलाई लिएर आँखा तान्न सुरु भइसकेको छ । चिराग पासवानको समाजिक संजाल टुइटरमा एउटा टुइटले घमासान मच्चीएको थियो ।

केन्द्रिय मन्त्री रामविलास पासवानको छोरा र लोकजनशक्ति पार्टीका नेता चिराग पासवानको एउटा टुइटले बिहारको राजनीति तातिएको छ । चिरागले बिहारमा सीटहरुको बाँडफाँडलाई लिएर भाजपालाई अल्टिीमेटम दिएको हो र जसमा राजनीतिक बयानबाजी पनि छिटो भएको छ ।

एलजेपीले दियो भाजपालाई अल्टिमेटम
रामविलास पासवानको भाई र एलजेपीको नेता पशुपति पारसले भाजपालाई ३१ डिसेम्वर सम्मको अल्टिमेटम दिएको हो । उनको भनाइ छ कि दिइएको म्याद सम्म भाजपालाई बिहारमा लोकसभा सीटहरुमा निर्णय लिनु पर्नेछ ।

उनले भन्नुभयो २०१४ सालमा हामी एनडीएको हिस्सा बनेका थियौ, हामी नरेन्द्र मोदीलाई प्रधानमन्त्री बनाउन चाहन्थ्यौ । अब हामी चाहन्छौंकी हामीलाई २०१४ साल जतिको सीट दिइयोस् । उनले भन्नुभयो जब अमित शाह र नीतीश कुमारको बीच सीट सेयरिङको कुरा भएको थियो उक्त जानकारी हामीलाई दिइएको थिएन ।

पशुपति पारसले भन्नुभयो अमित शाहलाई एनडीएको सबै नेताहरु संग बैठक गर्नुपर्छ । जीतनराम माझी र उपेन्द्र कुशवाहा गएको हुँदा एनडीए संकटमा छ ।

भन्नुपर्दा रामविलास पासवानलाई “राजनितिको मौसम वैज्ञानिक” भनिन्छ । यसतोमा यदि उनको पार्टीबाट भाजपालाई यसतो प्रकारको अल्टिमेटम दिइन्छ भने एनडीएको चिन्ताहरु बढ्न सक्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here