३१ वर्षीय चर्चित फुटवल खेलाडि लियोनेल मेस्सीले गोल्डेन बुटको उपाधि हात पारेका छन् । मंगलवार स्पेनमा आयोजित कार्यक्रममा गोल्डेन बुट पुरस्कार पाएका लियोनेल मेस्सी अर्जेन्टिना र बार्सिलोनाका कप्तान हुँन् । यस गोल्डेन बुट उपाधिलाई मिलाएर उनले आफ्नो कार्यकालमा पुरा पाँचवटा गोल्डेन बुट उपाधि जितेका छन् ।
यस अघि उनले सन् २०१०, २०१२, २०१३ र २०१७ सालमा गोल्डेन बुट जितेका थिए । लियोनेल मेस्सीले गत वर्ष “ला लिगा २०१८” फुटबल प्रतियोगीतामा ३४ गोल गरी सबै भन्दा बेसि गोल स्कोर गरेका थिए र यस्तै गरी २०१७–२०१८ मा युरोपका शीर्ष ५ वटा लिगको सार्वधिक गोल स्कोरर रहेका थिए ।

पाँचौ गोल्डेन बुट हात पारेर लियोनेल मेस्सीले ४ पटक गोल्डेन बुट जितिसकेका पोर्चुगलका महान फुटबल खेलाडि रोनाल्डोलाई पनि पछि पारेका छन् ।