ए डिभिजन फुटबल लिगमा नेपाल आर्मी र थ्रीस्टार क्लब भिड्दै र दुवैलाई जित्नै पर्ने दबाब

0
232


४ पौष, काठमाण्डौं – आज आर्मीको फुटबल टिम र थ्रीस्टार बिच शहिद समारक ए डिभिजन लिग फुटबलमा प्रतिसप्रधा हुँनेछ ।

उक्त प्रतियोगीता ललितपुरको सातदोबाटो स्थित एन्फाको मैदानमा आज दिउँसो २ः३० बजेबाट हुँनेछ र प्रतियोगीतामा दुवै पक्षलाई जित हाँसिल गर्नु अति नै अनिवार्य देखिएको छ अन्यथा टिम उक्त प्रतियोगीताबाट बाहिरिने छ ।

यस शहिद स्मारक लिगमा थ्रीस्टार क्लबले ८ वटा खेल खेलेर २९ अंक जोड्दै तेस्रो स्थानमा छ भने आर्मी चाँहि ८ खेल खेलेर १७ अंक मात्रै जोडि चौथो स्थानमा रहेको छ ।

मनाङ मस्र्याङ्दी क्लबले ९ खेलबाट २७ अंक जोडि लिगको पहिलो स्थानमा रहेको छ भने त्यसतै गरि संकटा क्लबले पनि ९ खेलबाट २४ अंक हाँसिल गर्दै दोस्रो स्थानमा रहन सफल देखिन्छ ।

आज बिहान ११ः०० बजे देखि नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लब प्रतिसप्रधा गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here