निर्मला पन्त हत्या प्रकरणमा प्रहरी अधिकारीहरुको अनुसन्धानमा लापरवाही

0
282
sp-dilli-raj-bista-and-inspector-jagdish-bhatta-going-to-be-arrested-for-misusing-authorities

कञ्चनपुर – बालिका निर्मला पन्तको हत्याको अनुसन्धानमा लापरवाही गरेको भन्दै अहिले प्रहरी अधिकारी विरुद्ध किटानी उजूरी परेको छ ।

दिलिप बिष्टका दाई खड्ग बिष्टले आज बर्खास्तीमा परेका तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्ट, प्रहरी निरीक्षक जगदिश भट्ट तथा निलम्बनमा रहेका डिएसपी अंगुर जिसी र तत्कालीन कञ्चनपुर प्रहरी प्रवक्ता डिएसपी ज्ञान बहादुर सेठी लगाएत विरुद्ध सार्वजनिक न्याय बिरुद्धको जघन्य अपराध अन्तर्गत निर्मलाकी पिडित आमाले कारवाहीको माग गर्दै उजूरी दिएकी थिइन् ।

एसपी बिष्ट सहित उक्त निर्मलाको हत्याको अनुसन्धानमा सम्लग्न सम्पूर्ण प्रहरी अधिकारीहरुले दोषी जोगाउने उद्देश्यले प्रमाण नष्ट गरेको र निर्दोष व्यक्तिलाई नियन्त्रणमा लिएर यातना दिई हत्या स्वीकार्न लागाएको कुरा उजूरीमा र कारवाहीको माग निर्मलाकी असहाय आमाले गरेकी थिइन् । कञ्चनपुर प्रहरीले किटानी उजूरी आएको, कानुनसम्मत भए कारवाही अगाडि बढाइने भन्दै उजूरी परेका अधिकारीहरुलाई अनुसन्धानका प्रक्रियामा सबैलाई पक्राउ समेत गर्न सकिने बताएको छ ।

एसपी बिष्ट र प्रहरी निरीक्षक जगदिश भट्टलाई सरकारले घटनाको अनुसन्धानमा लापरवाही गरेको भन्दै कात्र्तिक ८ गते भविष्यमा सरकारी सेवामा अयोग्य हुँने गरि बर्खास्त गरिदिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here