नेपाल पर्यटन बोर्डले १० लाख पर्यटक भित्रिएको खबर – यो संख्या इतिहासमा पहिलो पटक

0
476
ten-lakh-tourist-visit-nepal



काठमाण्डौं – यस साल नेपालमा १० लाख पर्यक भित्रिएको अनुमान छ र यति धेरै पर्यटकको संख्या नेपालको इतिहासमा नै पहिलो पटक मानिन्छ किनभने तथ्याङ्क अनुसार नेपालमा अहिले सम्म यति पर्यटक आएका थिएनन् ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार २०१८ सालको नोभेम्वर महिनामै करिब १०,०१,९३० विदेशी पर्यटक नेपाल आएको देखिन्छ । यो पर्यटकहरुको संख्याको तथ्याङ्क २०१८ सालको जनवरी देखि नोभेम्वर महिना सम्म विदेशी पर्यटक जहाजका माध्यमबाट आउँनेहरुको मात्र हो । हालको बर्ष र गएको बर्षको विदेशी पर्यटकहरुको नेपाल आएको तुलना गर्ने हो भने यो बर्ष गत बर्ष भन्दा १७ प्रतिशतले बेसि देखिदछ ।

सबै भन्दा बेसि पर्यटकहरु आउँनेको संख्या चाँहि हाम्रो छिमेकी राष्ट्र भारत रहेको छ, त्यहाँबाट करिब २,६०,१२४ पर्यटकहरु भित्रिएका छन् भने हाम्रो आर्को छिमेकी राष्ट्र चीनबाट करिब १,३४,३६२ नेपाल भ्रमणमा आएका छन् ।

तथ्याङ्क अनुसार यि दुई राष्ट्रहरु पश्चात नेपालमा धेरै पर्यटकहरु आउँने तेस्रो देश चाँहि अमेरिका हो र विवरण अनुसार अमेरिकाबाट यस साल करिब ८२,५५५ पर्यटक नेपाल भ्रमणमा आएका छन् । त्यसतै गरि बेलायतबाट करिब ५७ हजार पर्यटक भित्रिएका छन् भने जर्मनीबाट करिब ३४ हजार पर्यटक भित्रिएका छन् ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले यो सालको पर्यटक आएको संख्या अहिले सम्मकै ऐतिहासिक भएको र आगामी दिनहरुमा यसले गर्दा नेपाली पर्यटन क्षेत्रमा थप उत्साह मिल्ने जानकारी दिनुभयो । अधिकृत दिपकराजले “पर्यटकको संख्या ऐतिहासिक रुपमा वृद्धि भएको छ, यसले सन् २०२० को नेपाल भ्रमण बर्षको लागी ढोका खोलिदिएको छ, पूर्वाधारमा प्रगती भएमा २० लाख पर्यटकको लक्ष्य भेट्ने कुनै समस्या हुँदैन ।” भन्ने कुरा व्याख्या गर्नु भएको थियो ।

करिब १० लाख विदेशी पर्यटकको संख्या सन् २०१७ सालमा नेपाल भ्रमण गरेको तथ्याङ्कमा रहेको छ । सरकारले नेपाल भ्रमण सन् २०२० बर्षलाई सफल गर्ने तयारी गरिरहेको समय पर्यटक आउँनेहरुको संख्याको उत्साहाजनक वृद्धिले गर्दा यसले नेपाली पर्यटन क्षेत्रमा सकरात्मक सन्देश प्रवाह गरेको देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here